अवतरण नगर्न निर्देशन दिँदादिँदै इन्धन भर्नुछ भनेर सिल्क एयरले जबर्जस्ती गर्‍यो – एटीसी

1 min read

काठमाडौं, ९ चैत । सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको, विमानबाट साढे, तीन घन्टापछि यात्रु ओरालिएको छ । सिंगापुरबाट, आएको सिल्क एयरको, विमान शनिबार राति ८ः३० बजे त्रिभुवन, अन्तर्राष्ट्रिय विमानस्थलमा, अवतरण गरेको थियो । करिब साढे ३ घन्टासम्म यात्रुको नाराबाजीपछि, विमानस्थल प्रशासनले यात्रुलाई ओराल्ने निर्णय गरेको हो ।

विमानमा नेपाल प्रवेश गर्न रोक लगाइएको, मुलुक नेदरल्याण्ड्सबाट समेत यात्रु सवार थिए । विमानमा नेपालले कोरोना रोकथामका, लागि प्रतिबन्ध लगाएको देशका नागरिक भएकाले बाहिर निस्कन दिइएको, थिएन । त्यसपछि यात्रुहरूले ओर्लिन पाउनुपर्ने माग, गर्दै, विमानभित्रै, नाराबाजी, गरेका थिए । नागरि उड्डयन प्राधिकरणले इन्धन, भर्न दिने तर कोही पनि यात्रु ओर्लन नदिई फिर्ता पठाउने तयारी गरेकाे थियो । तर, मध्यरातमा सबैलाई ओरालिएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले यात्रुलाई ओरालिएको बताउनुभयाे । शाहका अनुसार सबै यात्रुलाई अब क्वारेन्टाइनमा पठाइनेछ । सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका छन् । यसअघि पनि प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए ।

उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वा’रेन्टाइनमा पठाइएको छ । सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो । सरकारले आजबाटै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

Facebook Comments
error: Content is protected !!