हेलिकप्टरबाट किटनाशक औषधि छर्ने कुनै योजना छैन – नेपाली सेना

1 min read

काठमाडौं। कोरोना भाइरस वि’रुद्ध कि’टनाशक औ’षधि छर्ने विषयलाई लिएर नेपाली सेनाले चासो व्यक्त’ गरेको छ। सेनाले किटनाशक’ औ’षधि छर्ने विषयमा कुनै योजना नभएको समेत प्रष्ट पारेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारलाई पूर्ण सहयोग गर्ने र उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न सेना सँधै प्रतिबद्ध भएको समेत उल्लेख गरेको छ। नेपाली सेनामाथि कुनै दु’विधा भएमा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

सेनाद्वारा जारी विज्ञप्ति
१. ​विभिन्‍न सामाजिक सञ्‍जालहरुमा “नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड-१९) विरुद्ध किटनासक ‍औषधी छोडिने भन्‍ने समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ । २. ​हाल विश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को उच्‍च जोखिमलाई मध्यनजर राखी नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा संभावित महामारीविरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी सुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको सर्वविदितै छ।

यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी किटनाशक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ। तसर्थ हालको संवेदनशील घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ। कोरोना भाइरस (कोभिड-१९) प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन समेत हार्दिक अनुरोध गरिन्छ।

३. ​नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाइरसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सँधै प्रतिबद्ध रहेको जानकारी गराइन्छ।

Facebook Comments Box
error: Content is protected !!