देशभित्र यातायात बन्द, भारतीय सीमा नाका खुल्ला !

1 min read

काठमाडौं । नेपाल सरकारले कोरोनाको जोखिमका कारण लामो दुरीका सवारी साधनको आवगनमा चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाउने घो’षणा गरेको छ । तर भारतीय नाकाबाट आवत-जावतमा भने ब”ञ्देज लगाएको छैन । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनमा देशभित्र चल्ने आन्तरिक सवारी साधनका विषयमा यस्तो भनिएको छ, ‘आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’

साथै नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि रोकिएको छ । तर सीमा नाकाबाट आवत-जावत गर्ने सवारी साधनका हकमा भने सरकारले चल्न दिन नीति लिएको छ । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ ।’

भारतमा कोरोनाको जोखिम बढिरहे पनि सरकारले नाकामा लकडाउन गर्ने हिम्मत देखाएको छैन । यसअघि सरकारले सीमा नाकामा मानवीय आवतजावत रोकेर आपूर्ति व्यवस्था मात्र सूचारु राख्न भारतीय पक्षसँग प्रस्ताव थरेको थियो । तर भारतबाट प्रष्ट जवाफ नआएपछि सरकार लक डाउनतर्फ अघि बढेन । शुक्रबारमात्रै पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग टेलिफोनमार्फत कुराकानी गरेको थिए । वार्तामा दुबै विदेशमन्त्रीले आपूर्ति सहज बनाउन जोड दिएको बताइएको छ ।

भारतीय नाकाहरु खुल्ला हुँदा भारतका विभिन्न राज्यका धर्मावलम्बीहरु काठमाडौंको पशुपतिनाथ सम्म आउने क्रम रोकिएको छैन । कोरोनाको जोखिम देशभित्रको सार्वजनिक सवारीमा मात्र हो या सीमानाबाट नेपाल भित्रिने सवारी साधानबाट पनि जोखिम आउन सक्छ भन्ने प्रश्नहरु प्रधानमन्त्रीको सम्वोधनपछि सामाजिक सञ्जालमा उठ्न थालेका छन् । अहिले भारतीय नाकाबाट मात्र नभएर केरुङ र तातोपानी नाकाबाट पनि आवत-जावत सुचारु हुन थालेको त्यहाँ कार्यरत व्यवसायीहरु बताउँछन् ।

Facebook Comments Box
error: Content is protected !!