फेरी तोलामा १५ सयले घट्यो सुनको मूल्य !

1 min read

काठमाडौं,२०७६ चैत ०६ गते। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज १५ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज बिहिबार छापावाल सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ७४ हजार ७ सय कायम गरिएको छ । आज चाँदी तोलाको ६८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!