भोलि चैत ६ देखि हुने एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित

1 min read

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ । बुधबार सरकारले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोलि (चैत ६)देखि हुने एसईई अनिश्चितकालका लागि स्थगित गरिएको हो । यस अघि बुधबार नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले भने एसइई परीक्षा नसर्ने जानकारी दिएको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले एसइई परीक्षा स्थगित भएको जानकारी दिएका छन् । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

Facebook Comments
error: Content is protected !!