काठमाडौं। समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशको नाम तोक्न नसकेकोमा अ’सन्तुष्टि जनाएका छन्। उनले बुधबार बिहान ट्विट गर्दै २ नम्बर प्रदेशको नाम मधेस राख्न किन आपत्ति भयो ? भनी प्रश्न गरेका छन्। हिन्दीमा भाषामा ट्विट गरेका उनले लेखेका छन्,‘नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वी’कार गरिसकेको छ भने २ नं प्रदेशको नाम ‘मधेस’ किन हुन सक्दैन?’ ‘हाम्रा पूर्वमाओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्?’
भट्टराईले भनेका छन्,–‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन् ? केही त लाज मान यार ?’ मंगलबार राति मात्रै पनि उनले कम्युनिष्ट पार्टीका प्रतिनिधिले जातीय पहिचानलाई भन्दा कुनै धार्मिक पात्रको नामलाई अघि सारेकोमा अचम्म लागेको भनी ट्विट गरेका थिए। ‘नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स,एंगेल्स,लेनिन, माओ जीवित भए के भन्दा हुन् ?’ भन्दै व्यंग्य गरेका थिए। मंगलबार प्रदेश २ प्रदेशसभामा नामकरण र राजधानीका सबै प्रस्ताव अस्वीकृत भएका थिए ।
मतदानमा दलहरूको आआफ्नै अडानका कारण कुनै प्रस्तावका पक्षमा दुईतिहाइ मत आएन । सत्तापक्ष समाजवादी र राष्ट्रिय जनता पार्टी नेपालको साझा प्रस्तावका रूपमा समाजवादीका सांसद शैलेन्द्रकुमार यादवले ल्याएको ‘मधेस प्रदेश’मा धेरै मत आएपनि दुईतिहाइ नपुगेकाले प्रस्ताव पास हुन सकेन । त्यसैरगी कांग्रेस सांसद राजेश्वरप्रसाद साहले ल्याएको ‘मध्य मधेस प्रदेश’, कांग्रेसले ल्याएको ‘मिथिला भोजपुरा’ र नेकपाले ल्याएको ‘जानकी प्रदेश’को प्रस्ताव पनि अस्वीकृत भएका थिए ।