काठमाडौं उपत्यकाका यी स्थानमा लगातार ४ दिन बत्ती नहुने !

1 min read

काठमाडौँ चैत ०४ गते। काठमाडौं उपत्यकाका केही स्थानमा लगातार ४ दिन बत्ती नहुने भएको छ। जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४,५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने भएको हो। नेपाल विद्युत प्रधिकरणले सूचना जारी गर्दै उक्त फिडर अन्तर्गत फोर्सपार्क, विरेन्द्रचोक, गान्धिमोड, हात्तिडाँडा र एयरपोर्ट पछाडीको एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बत्ती नहुने बताइएको छ। अपग्रेडिगं कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले उल्लेख गरेको छ।

यो पनि पढ्नुहोस। कोरोनावि’रुद्ध सर्तकता – १५ दिनसम्म हाट बजार नलाग्ने”
विश्वभर म’हा’मारीका रुपमा फैलिरहेको को’रोना भाइ’रसबाट बच्न यहाँ, विशेष सर्तकता अपनाइने भएको छ । कोरोना भाइरससंक्रमणको रो’कथाम, तथा नियन्त्रणको लागि १६ बुँदे कार्ययोजना पारित गर्दै जिल्ला विपद् व्यवस्थापन, समिति बर्दियाले पूर्वतयारी सुरु गरेको छ । जिल्लामा को’रोना भा’ईरसको संक्र’मण भित्रिन नदिन बिशेष सतर्कता अपनाईएको जिल्ला प्रशाशन कार्यालय बर्दियाले जनाएको छ । यहाँ १५ दिनका लागि जि’ल्लाका सबै हा’टबजार ब’न्द गर्ने, नेपाल भारत सीमा भएर आवतजावत गर्ने।

दुबै देशका, नागरिकहरुलाई सु’रक्षाकर्मीको स्वीकृति लिएर, कोरोना, हेल्प डेस्क भएको स्थानबाट, मात्र आवतजावत, गर्न दिने मेला महोत्सव, भेला, खेलकूदका कार्यक्रम, गर्न र भिडभाड हुने कुनै पनि कार्यक्रम नगरिने प्रमुख जिल्ला अधिकारी, प्रेमलाल लामिछानेले बताए । केही महीना देखी ,फैलिएको, कोरोना भाईरसको संक्रमण, फैलन नदिन प्रशासनले सबै नागरिकलाई, उच्च, सर्तकता अपनाउन अनुरोध गरेको छ । कोरोनाको, संक्रमण, फैलन नदिनका, लागि, सम्भव, हुने, सबै उपाय अबलम्वन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरिएको, प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

कोरोना संक्रमण भित्रिन नदिन भारतीय, सीमा क्षेत्रका काउन्टर पार्टस, प्रशासन, प्रहरी, स्थानीय तह, सरकारी निकाय सबै परिचालन गरिने भएको छ । कोरोना भाइरस, भित्रिन नदिन ठाउँठाउँमा हेल्प डेस्क तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना लगायतका स्वास्थ्य संयन्त्र प्रभावकारी, परिचालन, गरिने प्रमुख जिल्ला, अधिकारी प्रेमलाल, लामिछानेले, बताए । हेल्प डेस्कमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई, उचित सेवा, सुविधाको व्यवस्था गर्ने, आइसोलेसन वार्ड र हेल्पडेस्क मा ख’टिने कर्मचा’रीलाई आ’वश्यक सामग्रीको व्यवस्था गर्न ‘

प्रदेश सामाजिक विकास मन्त्रालयमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । यसैगरि कोरोनाको, जोखिमलाई मध्यनजर गर्दै, जिल्लाको नेपाल, भारत सीमा क्षेत्रका, ७ स्थानमा हेल्पडेस्क स्थापना, गरिएको छ । भारतीय, सीमा, जोडिएको बढैयाताल गाउँपालिकाको, फुटाहा र कण्ठपुर, गुलरिया, नगरपालिकाको सुरजपुरमा, मधुवन नगरपालिकाको धनौरा र राजापुर नगरपालिकाको भारतसँग सीमा, जोडएका ३ स्थानमा गरि जम्मा ७ स्थानमा हेल्पडेक्स स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।-रासस

Facebook Comments
error: Content is protected !!