हिरासतबाट रविले भने : आन्दोलनमा एकजना पनि घाइते भएछन भने मलाई हिरासतमा रहेको भन्दा बढी पिडा हुने छ !

1 min read

काठमान्डौ : रबिको रिहाको माग गर्दै चितवन पुगेका रमेश प्रसाईले रबि लामिछानेलाइ प्रहरी कार्यालय भित्र आज भेट गरेका छन् । प्रहरी हिरासतमा रहेका रविलाई भेटेपछी एक कार्यक्रम लाई सम्बोधन गर्दै उनले रबिले पठाएको सन्देश सुनाएका छन् ।उनलाई रबिले यो आन्दोलनमा १ जनालाई पनि चोट नलागोस शान्ति पूर्ण आन्दोलन होस् यो आन्दोलनमा एक जना पनि घाइते भएछन भने एक जनाको पनि ज्यान गएछ भने मलाई हिरासतमा रहेको भन्दा बाढी पिडा हुने छ भन्ने सन्देश पठाएको बताए । मलाइ यो हिरासतमा राखिदा कुनै पिडा छैन तर सिधा कुरा जनता संगमा तयार रहेका कति मुद्दाहरु रोकिएकोमा धेरै पिडा भएको छ । रबिले यो आन्दोलनमा कुनै राजनीतिक पार्टीको झन्डा नभई नेपालको रातो चन्द्र सुर्य अंकित झन्डा मात्र होस् भन्ने चाहेको बताए ।रविको सन्देश सुनाउदै उनले सबै समर्थकलाई धन्यवाद दिएको बताए ।

चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । अदालतले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आ*त्मह*त्या दु*रुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलगायत तीन जनाको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, चुडामणि सापकोटासहित तीन वकिलले बहस गर्नुभएको छ ।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने बताइएको छ । कानूनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीलाई आ*त्मह*त्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीनै जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको हो । लामिछानेका समर्थकले आज दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुले लामिछानेको यथाशीघ्र रिहाइको माग गरेका छन् । लामिछाने र कँडेललाई न्यूज २४ को कार्यालयबाट तथा कार्कीलाई काठमाडौँको कलङ्कीबाट बिहीबार साँझ पक्राउ गरिएको थियो ।


समर्थकको भिड देखेर रबिले यसरी ठोके सलाम
पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा अनुसन्धानको लागी पक्राउ परेका रवि लामिछाने समर्थक सर्बसाधारणले जिल्ला प्रहरी कार्यालय भरतपुर परिसर बाहिर नाराबाजी गरेका छन । रबि लामिछाने लगायत युवराज कंडेल र अश्मिता कार्कीलाई हिजो बिहिबार बेलुका काठमाडौँबाट चितवन लागिएको थियो । प्रहरीका अनुसार उनीहरु तिनै जनामाथि अनुसन्धान भइरहेको छ । तर समर्थकहरुले भने रवि लामिछानेलाई फसाइएको भन्दै रिहाइको माग गरेर प्रहरी कार्यालय बाहिरा नाराबाजी गरिरहेका छन । तिन करोड नेपालीको सपुत भएको भन्दै रबि लामिछानेलाई प्रपन्च गरि फसाउने प्रयास भइरहेको त्यहा उपस्थित रबि समर्थकले बताएका छन ।

Facebook Comments
error: Content is protected !!