पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो”

काठमाडौँ । सोमबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ ।घटेको मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ पर्ने छ । त्यसैगरी, डिजल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ । हवाई इ’न्धन आन्तरिकतर्फ, प्रतिलिटर ४ रुपैयाँ ५० पैसाले, घटाई ९० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । हवाई इन्धन बाह्यतर्फ र ग्यासको मूल्य यथावत राखिएको, निमगले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलिय पदार्थको मूल्यमा गिरावट आएपछि आन्तरिक बजारमा पनि मूल्य, घटाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!