भारतमा १३ राज्यमा फैलियो कोरोना भा’इरस संक्रमितको संख्या १०७ पुग्यो”

1 min read

एजेन्सी (नयाँ दिल्ली)भारतमा नोबल कोरोनाभाइरस अर्थात कोभिड-१९ बाट संक्रमितको संख्या १०७ पुगेको छ ।भारतको स्वास्थ्य र परिवार क’ल्याण मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या १०७ पुगेको जान’कारी दिएका छन् । जसमा ९० भारतीय रहेकोमा ९ जनाको उप’चारपछि घर फ’र्किएको र दु’ईजनाको मृ’त्यु भएको छ । म’हाराष्ट्रमा ३१ जना सं’क्रमित भएको र केर’लामा २२ जना सं’क्रमित रहेको बताइएको छ ।

सरकारी त’थ्यांकअनुसार भा’रतका विमानस्थलमा १२ लाख २९ हजार ३६३ जनालाई स्क्रिनिङ गरिएको थियो ।को’रोना संक्रमितहरु दिल्लीमा ७ जना, हरियानामा १४ जना, केरलामा २२, राजस्थानमा २, तेलंगानामा ३, उत्तर प्रदेशमा ११, लद्दाखमा ३ र तामिल नाडुमा १, जम्मु काश्मीर २, पञ्‍जाब १, कर्नाटक ६, महाराष्ट्र ३२ र आन्द्रा प्रदेशमा १ जना भेटिएका छन् । भा’इरस स’ङ्क्रमण फै’लिने क्रम तीव्र बनेपछि भारत सरकारले आउँदो वैशाख ३ गतेसम्मका सबै प्रवेशाज्ञा निलम्बन गरेको छ ।

स्वास्थ्य मन्त्री डा’क्टर हर्ष वर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको सङ्क्रमण रोक्न राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट प्रवेशाज्ञा बा’हेकका अरु सबै प्रवेशाज्ञा आउँदो अप्रिल १५ सम्मको लागि निलम्बन गर्ने निर्णय गरेको बीबीसीले ज’नाएको छ । यस्तै प्रवासी भारतीय नागरिकलाई दिइने यात्राको सुविधा पनि आउँदो वैशाख ३ गते सम्मको लागि रो’किएको छ । यो नियम शुक्रबार रातिबाट सुरु हुने छ ।

Facebook Comments Box
error: Content is protected !!