अस्पतालबाट ज्ञानेन्द्र शाहीको सन्देश दूई चारवटा अरिंगालले चिल्दैमा यो अभियान रोकिदैन

काठमान्डौ , भ्रस्टचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो भ्रस्टचार बिरोधि अभियान नरोकिने बताएका छन् । नेपालका लागि नेपालीको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अखिल समर्थक केही बिधार्थीको आ*क्रमणमा घाइते भएका शाहीले दूई चार जना अरिंगालले टोक्दै ,आक्रमण गर्दैमा आफु पछि नहट्ने बताएका हुन् । हात र टाउकोमा चो*ट लागेका शाहीको अहिले पाटन अस्पतालमा उपचार भैरहेको छ । पत्रकार सम्मेलनमा नियोजित ढंगबाट उनीहरु आएर आक्रमण गरेको शाहीले बताए। मिडियामा आय जस्तो मन्त्रि योगेश भट्टराईको निर्देशनमा आफु नछुटेको आफु अझै प्रहरीकै सुरक्ष्यामा रहेको बताएका छन् ।

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरेका थिए ।आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गर्नुपरेको थियो ।ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा ख*तरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा लगिएको थियो । राईका अनुसार शाहीको सुरक्षाका लागि पत्रकार सम्मलेनमा प्रहरी खटाइएपनि आयोजकले प्रहरीलाई भित्र पस्न नदिएको कारण घटना घट्न पुगेको बताए ।

यो पनि पढ्नुहोस – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा जहाजभित्र दुर्व्यवहार भएको उनको सचिवालयले बताएको छ । मन्त्री भट्टराईलाई पर्खिँदा विमान होल्ड भएपछि विमानमा रहेका ज्ञानेन्द्र शाहीको समूहले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्रीमाथि गाली गलौज समेत गरे ।मन्त्री भट्टराईले पनि आफ्ना कारण करिव १५ मिनेट उडान ढिलो भएको स्वीकार गर्दै यात्रुलाई परेको असुविधाप्रति क्षमा मागेका छन् । शाहीको समूहले व्यक्त गरेको विचारप्रति भने भट्टराईको सचिवालयले गम्भिर आपत्ति जनाएको छ । ‘जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ’ सचिवालयले भनेको छ, ‘यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।’

यो समूहले पछिल्लो समय व्यक्त गर्दै आएको विचारपछि जानकार रहेको भन्दै मन्त्री भट्टराईको सचिवालयले ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा यो समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्’ भनेको छ । संहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ले संविधान बिरोधी हर्कत गरिरहेको भन्दै मन्त्रीको सचिवालयले यसप्रति सचेत रहन लोकतान्त्रिक शक्तिहरुलाई अपील समेत गरेको छ । अनर्गल प्रचारको जवाफ दिँदै मदन भण्डारीले ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ’ भनेको स्मरण गर्दै मन्त्री भट्टराईको सचिवालयको विज्ञप्तिमा भनिएको छ, सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!