१२ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)हेर्नुहोस्

काठमाडौं। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिवहरु लगायत २६ जनाकाे सरुवा गरेको छ । कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, तनहुँ बाराका सीडीओको सरुवा गरेको हो । मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी”

पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ । यस्तै कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ । त्यस्तै अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेलको सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!