काठमाडौँ। नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले हात पारेका छन्।शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका छानिएका थिए। विभिन्न समयम उत्कृष्ट बन्दै आएका हिमेश लजिकल कमेडिनयका रुपमा चिनिएका थिए । उनले विशेषतः राजनितिक बिषयमा पेचिलो प्रस्तुति दिदै अाएका थिए। विभिन्न चरण हुँदै यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।
Facebook Comments