प्रधानमन्त्री ओलीको मि’र्गौला प्रत्यारोपणमा ६ लाख रुपैयाँ खर्च !

काठमाडौँ। मिर्गौला प्रत्यारोपणका लागि करिब दुई सातादेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि आफ्नो सरकारी निवास बालुवाटार फर्किएका छन्। उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली स्वस्थ भएको र घरमै बसेर आराम गर्दा हुन्छ भन्ने चिकित्सकको सुझावपछि घर ल्याइएको बताएका छन्। “उहाँ स्वास्थ्यबारे सावधानी अपनाएर नियमित काममा फर्कनसक्नुहुन्छ भन्ने भएपछि आज ६ बजेर ३५ मिनेटमा बालुवाटारस्थित निवास फर्किनुभएको छ,” सल्लाहकार थापाले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । शुक्रबार प्रधानमन्त्री डिस्चार्ज भई बालुवाटार निवास फर्केपछि पत्रकारसँग कुरा गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको बताए ।

अब प्रधानमन्त्रीको स्वास्थ्यको रेखदेख निजी चिकित्सक र नर्सहरुले बालुवाटारमै गर्ने उनले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । ’ १२ दिनपछि शुक्रवार साँझ अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली आफैं हिंडेर गाडीसम्म पुगेका थिए । त्यहाँ उनले हात हल्लाएर उपस्थित सबैलाई अविवादन गरे । उनलाई स्वागत गर्न मन्त्रीहरू पुगेका थिए । ओलीलाई गतहप्ताको सोमवार अस्पताल भर्ना गरिएको थियो भने बुधवार मिर्गौला प्रत्यारोपणको श’ल्यक्रिया गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!