फेरी आज पनि बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ? तालिकामा हेर्नुस् !

1 min read

काठमाडौं फागुन ३० । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार, अमेरिकी डलर, एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा रहेको छ । विहिबार अमेरिकी डलर, एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा थियो । युरो एकको, खरिददर १३२ रुपैयाँ ८६ र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५१ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको, खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ । तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :-

Facebook Comments
error: Content is protected !!