चीनले आफ्ना नागरिकलाई सचेत गरायो, ‘कुरा नबुझी बिहे नगर्नू’

1 min read

चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो ।पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् । काठमाडौँस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी च्याट’मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनीयाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङ्स्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । चिनीयाँहरुले अरुको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डट’का आधारमा बिदाको समयमा नेपालमा गएर विवाह गर्नुअघि नेपालको बिबाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।

यो पनि पढ्नुहोस  – केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने
छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ । यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउने लक्ष्य राखेको भए पनि भौगोलिक विकटताका कारण देखाउँदै समय पछि धकेलेको हो । सो रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ । तर, केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्र्राथमिकता नरहेको बुझिएको छ । गत साता मात्रै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सो विषयलाई भन्दा चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनातर्फ जोड दिए ।

केरुङ–रसुवागढी रेलमार्गको विषयमा फिजिबिलिटी अध्ययनको काम पूरा भइसकेको रेल विभाग नेपालका सिभिल इन्जिनियर किरण कार्कीले जानकारी दिए ।‘सो अध्ययनपछि बाँकी काम हुन सकेको छैन,’ उनले भने, ‘हामी थप अध्ययनका लागि तयारी चरणमा छौं ।’ नेपाल पक्ष भने केरुङदेखि काठमाडांै रेलमार्ग निर्माणका लागि पहलकदमी गरिरहेको भए पनि चिनियाँ पक्षले सुरक्षाका कारण देखाउँदै प्र्राथमिकतामा राखेको छैन । चीनले बीआरआईलाई नै जोड दिइरहेको छ । केरुङ–काठमाडौं रेलमार्ग ७२ किलोमिटरका लागि करिब ४ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यति धेरै लगानी गर्ने विषयमा अन्योल छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

Facebook Comments
error: Content is protected !!