प्रधानमन्त्री ओलीको स्वा’स्थ्य अवस्था बुझ्न अस्पताल नपुगेका प्रचण्ड किन पुगे शीतल निवास ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली ११ दिनदेखि त्रिवि शिक्षण’ अस्पताल’ महाराजगञ्जमा’ भर्ना भएर बसेका छन् । यही फागुन १९ गते सोमबार साँझ’ अस्पताल भर्ना भएका प्रधानमन्त्री’ ओलीको दुई दिनपछि’ बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ‘ओलीको स्वा’स्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री’ ओली अस्पताल रहँदा सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल’ दाहाल प्र’चण्ड पनि रु’घाखोकी’ र ज्वरो’ आएर खुमलटारस्थित’ आफ्नै’ निवासमा स्वास्थ्य’ लाभ गरेर बसे ।

प्रधानमन्त्री ओलीलाई’ अस्पताल भर्ना भएको भोलिपल्ट भेट्न टिचिङ पुगेका’ प्रचण्ड त्यसयता गएका छैनन् । रुघाखोकी र ज्वरो आएका कारण प्रचण्ड प्रधानमन्त्रीलाई’ भेट्न गएनन् । तर, बुधबार (फागुन २८)गते भने प्रचण्ड राष्ट्रपति’ विद्यादेवी’ भण्डारीलाई भेट्न शीतल निवास पुगे । मिर्गाैला प्रत्यारोपण गराएर अस्पतालमा स्वास्थ्य’ लाभ गरिरहेका प्रधानमन्त्रीलाई भेट्न नगएका प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न गएको विषयले राजनीतिमा चर्चा पाइरहेको छ । मुलुकको राजनीतिमा राष्ट्रपति भण्डारीको हस्तक्षेपकारी भूमिका रहेको भन्दै केही समय अघि सत्तारुढ दल नेकपाका नेताहरुले बताएका थिए ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसँगै मन्त्रिपरिषद्को बैठक बसेको छैन । प्रधानमन्त्री ओली दुई चार दिनमा डिस्चार्ज हुने प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिएकी छन् । साथै राम्ररी सक्रिय भएर प्रधानमन्त्री ओलीले काम गर्न ६ महिना लाग्ने डा. शाहले बताएकी छन् । प्रधानमन्त्री ओली लामो समय आराम गर्नुपर्ने चिकित्सकको भनाइपछि प्रचण्ड शीतल निवास पुगेका हुन् । ‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!