काठमाडौं २०७६, फाल्गुन २९ गते । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार ८ सय रुपैयाँले घटेर तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो। यस्तै तेजाबी, सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको, मूल्यमा, पनि सामान्य गिरावट आएको छ।
चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबारको तुलानामा चाँदी २० रुपैयाँले कम हो। विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको प्रभाव यतिखेर विश्व, अर्थतन्त्रमा परेको छ।कोरोनाले विश्वका केही मुलुकको अर्थतन्त्रमा असर पार्ने संकेत देखिएकाले लगानीकर्ता सुनमा लगानी गर्दा यसको मूल्य बढेको, विज्ञहरुको, भनाइ छ। शक्तिशाली, मुलुकहरुको द्वन्द्वका कारण पनि सुनको मूल्यमा, उचारचढाव भएको विश्लेषकहरु बताउँछन्।