नेपाली टोपीमा सजिएर सन्नी लियोनी नेपालको विमानस्थल ओर्लिन्, भिड सम्हाल्न प्रहरीलाई हम्मे ! (भिडियो)

1 min read

काठमाडौं, २६ भदौ । बलिउड अभिनेत्री सन्नी लियोनले बिहिबार दिउसो नेपालको भूभाग टेकेकी छन् । आफुले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’को प्रमोशनका लागि उनी नेपाल आएकी हुन् ।फिल्म निर्माण युनीटले उनी नेपाल आउने प्रचार गरिरहेको थियो । यता सन्नीले पनि सामाजिक संजालमार्फत आफु नेपाल आउन लागेको बताएकी थिइन् ।सन्नी नेपाल आउने खबर थाहा पाएर विमानस्थलमा क्यामेरा सहितका सञ्चारकर्मीको निकै ठूलो भिड लागेको थियो । सञ्चारकर्मी र सर्वसाधारणको भिड छिचोल्दै सन्नीलाई जोगाउन सुरक्षाकर्मीलाई निकै हम्मे हम्मे परेको देखिन्थ्यो । सुरक्षा घेरामा विमानस्थलबाट बाहिरिएकी सन्नीलाई जोगाउँदै सुरक्षाकर्मीले गाडी सम्म पुर्याएका थिए । उनी नेपाली भादगाउँलो टोपी लगाएर विमानस्थलमा देखिएपछि उनको स्वागतमा बसेकाहरुले हुटिङ गरेका थिए । हेर्नुहोस भिडियो

Facebook Comments
error: Content is protected !!