देउवा निवासमा गाँ’जा प्रतिबन्ध फुकुवा गर्न लागेका अभियन्ताहरूको जमघट”

1 min read

काठमाडौं, २८ फागुन । प्रतिबन्धित गाँजा खेति खुलाउनले अभियानमा लागेकहरुले मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । गाँजाको प्रतिबन्ध हटाउनुपर्ने भन्दै संघीय संसदमा नेकपा सांसद शेरबहादुर तामाङले गैर सरकारी विधेयक दर्ता गराउनु भएकाे छ भने बागमती प्रदेशमा नेकपाकै सांसद केशव स्थापितले गैरसरकारी विधेयक दर्ता गराइसक्नु भएकाे छ । गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अभियानमा काँग्रेसका युवा नेता ऋषिकेस जंग शाह पनि लामो समयदेखि लाग्नु भएकाे छ ।

पछिल्ला दिनहरुमा जहाँ गए पनि उहाँले गाँजाकै विषयमा बहस गर्दै आउनुभएकाे छ । गाँजा फुकुवालाई काँग्रेसले आफ्नो नीति बनाउनुपर्ने पहलमा लागिपर्नु भएकाे छ । मंगलबार पनि देउवा निवासमा सभापति देउवासँग यही विषयमा छलफल भएको शाहले जानकारी दिनुभयाे । छलफलमा ९ जना गाँजा सम्बन्धी जानकारहरु सहभागी भएको शाहले जानकारी दिनुभयाे । भेटका क्रममा सभापति देउवाले यो विषयमा थप छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे थियाे । उहाँले आफूले पनि यसबारेबा अध्ययन गरेर ठोस धारणा बनाउने बताउनु भएकाे थियाे ।

उहाँका अनुसार राजीव काफले (एचआईभी तथा लागु औषधमा क्रियाशील र गाँजाको बारेमा जानकार), डा. भीम उपाध्याय (नेपाल सरकारका पूर्ब सचिब), डा. ऋषि कोईराला (आयुर्बेदका ज्ञाता), डा. राजेन्द्र ज्ञवाली (प्राध्यापक काठमाडौं विश्वविद्यालय), सूरजित दत्त (सामाजिक अभियन्ता), डा. श्याममणि अधिकारी (क्याम्पस प्रमुख पतंजलि नेपाल, दर्जनौ आयुर्बेद पुस्तकका लेखक), डा. पवन शर्मा (मानसिक रोग बिशेषज्ञ पाटन अस्पताल), मदन भण्डारी (युवा आयुर्बेद बिज्ञ, पतंजलि नेपाल) र अभिषेकराज सिंह थापा सहभागी थिए।

Facebook Comments
error: Content is protected !!