कोरोना संक्रमणसँग ल’ड्न : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलद्धारा सर्वदलीय बैठकको आ’ह्वान

1 min read

काठमाडाैँ, २८ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाउनु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ३ बजेका लागि तय गरिएको छ । संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको बैठकमा विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे जानकारी तथा छलफल हुने उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । को’रोनाको सं’क्रमण नेपालभित्र नदेखिए पनि यसको त्रास व्याप्त छ । प्रति’पक्षी लगायतले को’रोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै यसमा केन्द्रित हुन आग्रह’ गरिरहेका छन् ।

Facebook Comments Box
error: Content is protected !!