अझै हटेन दाइजो प्रर्था : मोटरसाइकल दाइजो दिन नसकेपछि विहे रोकियो’

1 min read

जनकपुरधाम । विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा एउटा बिहे रोकेको छ । विहे रो’क्नुका का’रण केटापक्षले मागेको दाइजो नदिनु नै रहेको छ । धनुषाको नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विहे धनुषाकै भुतही निवासी रोहित सदाको २१ वर्षीय छोरा सुशिल सदासँग फागुन २५ गते हुने तय भएकोे थियो । तर, आर्थिक अभा’वका का’रण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशिल सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरेपनि विवाह नै नभएपछि बेहुलीपक्ष मा’रमा परेका छन् ।


साहुसँग चर्को व्या’जमा ३ लाख रुपैयाँ ऋण का’ढेर सम्पूर्ण तयारी गरेपनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न समियानाहरु पनि लगाइएको थियो । हामी भन्दै थियो पैसाको व्यवस्था भएन विहेपछि मोटर साइकल दिन्छु, तर केटा पक्षले मानेनन बेचनीले वताइन । विहे नभएपछि पूजा दिनभरी रो’इरहेकी छिन उनको हालत देख्न लायक छ्रैन् । तर स्थानीय केही व्यक्तिहरु मोटरसाइकल, दिएर पनि विहे गर्न सुझाब दिइरहेका छन । तिनीहरु विहेको फेरी वातावरण वनाउनमा लागेका छन । तर अब कुनै पनि हालतमा, त्यो घरमा विवाह नगर्ने अडान पूजाले लिएकी छिन् । उनले एउटा मोटरसाइकलको, लागि बिहे नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन दाइजोको लोभमा ज्या’न पनि लिनस’क्ने उनले वताइन ।

 

Facebook Comments
error: Content is protected !!