छुनै नसकिने गरी बढ्यो सुनको मूल्य : प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुग्यो !

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ। आज प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्यले, ऐतिहासिक रेकर्ड बनाएको हो। यस्तै तेजावी सुनको मूल्य प्रतितोला, ८२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार, सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार, भएको थियो। तर, चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको मूल्य, प्रतितोला ८ सय ८० रुपैयाँ छ। गत आइतबार, चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा, कारोबार भएको थियो। ठूला राष्ट्रको आन्तरिक, विवाद र कोरोना संक्रमणका, कारण विश्व अर्थतन्त्रमा, परेको असरले सुनको, मूल्यमा उतावचढाव, भएको विज्ञहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!