काठमाडौं। हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा यस वर्षकी विश्व सुन्दरी टोनी एन सिंह पुगकी थिइन् । उनी एभरेष्ट एअरको हेलिकोप्टरबाट हेलम्बु पुगेकी हुन्। सेतै र रातै फूलका लालीगुराँसको सुन्दरतामा उनी हराएकी थिइन् । आँखै अगाडि हिमाल अनि चीनको ग्रेट वाल जस्तै ग्रेट ट्रेल देखेपछि उनको प्रतिक्रिया थियो, ‘जि’उँदैमा स्वर्ग देखियो, नेपाल साँच्चै, सुन्दर रहेछ ।’ भन्ने उनको पहिलो प्रतिक्रिया रहेको थियो। हेलम्बुको विभिन्न डाँडाहरु नियाल्दै उनले प्रकृतिको मज्जा लुटिन् । घोप्टेघ्याङबाट नजिकैको सिमिसिदाङ हिमाल हेर्दै उनले भनिन्, ‘म यो क्षण जीवनभर भुल्दिन, निकै अविष्मरणीय रह्यो यो यात्रा ।’ लामो समयपछि नेपाल आएर ‘हण्र्डेड डेस्टीनेशन’मा परेको हेलम्बुमा आइपुग्दा आफूलाई भाग्यमानी सोचेको उनको अनुभव छ ।स्वर्ग भुलाउने हेलम्बुमा बनिरहेको ग्रेट ट्रेलले आफूलाई झनै दंग बनाएको सुनाउँदै उनले यसबारे प्रशंसा गर्न नसकिने प्रष्ट्याइन्।
नेपाल आएकी विश्व सुन्दरी टोनीले भनिन्- ‘जिउँदैमा स्वर्ग देखियो नेपाल साँच्चै सुन्दर रहेछ’
1 min read
Facebook Comments