विगतको जस्तो, होलीमा लोला-हान्ने पानी-फ्याँक्ने, शरीरमा रंग-दल्ने कार्य नगर्न गृह मन्त्रालयको आग्रह

1 min read

काठमाडौं। गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–९)को सम्भावित जोखिमलाई मध्येनजर गर्दै हर्ष र उल्लासका साथ मनाइने होली (फागू)मा लोला पानी फ्याँक्ने, शरीरमा रंग (अबिर) दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको छ । शनिबार प्रेस विज्ञप्ती जारी गृहले बढी भी’डभाड हुने प्रकृतिको सभा, सम्मेलन, भेला र कार्यक्रमलाई पनि हाललाई स्थगित गरिएको जनाउँदै रंगको पर्व हो’लीमा विगतको जस्तो भी’डभाड र जम्मा हुने, लोला पानी फ्याँक्ने र अबिर दल्ने कार्य नगर्न/नगराउन आग्रह गरेको हो ।

विश्वव्यापी रुपमा फै’लिरहेको को’रोना भा’इरस (कोभिड–१९’को संक्रमणबाट नेपालसमेत उच्च जोखिममा रहेको हुनाले विश्व स्वास्थ्य संगठनले सतर्कता अप’नाउन आ’ग्रह गरिसकेको छ । अहिलेसम्म नेपालमा ‘कोभिड–१९’को संक्रमण भएका तथ्य फेला नपरेको पनि गृहले जानकारी गराएको छ । त्यस्तै, गृहले हल्ला र प्रचारबाजीको पछा’डि नलागेर स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयले प्रदान गर्दै आएको कोरोना भा’इरसको ल’क्षण, सर्ने तरिका र बच्ने उपायका बारेमा सूचनाहरु आम नागरिकमा फै’लाउन र स’जगता अपनाउन आ’ग्रह गरेको छ ।

यसैबीच कोभिड–१९ को बारेमा अहिले फै’लिरहेको अनावश्यक भ्रममा परी उपभोग्य बस्तुको खरीद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न गृहले आग्रह गरेको छ । त्यस्तै, कहिँकतै कालो-बजारी, मू’ल्यबृद्धि र कृतिम अभाव भए÷गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नमा गृहले अपिल गरेको छ । त्यस्तै, ज्वरो आउनु, सु’ख्खा खो’की लाग्नु, श्वा’सप्र’श्वासमा स’मस्या आउनु लगाएत कोभिड–१९ को ल’क्षणहरु भएको गृहले जनाएको छ । यसैबीच सीमा नाका, अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरुमा प्रभावकारी स्वा’स्थ्य परीक्षण, रोगको निगरानी, अ’स्पतालको पूर्व तयारीलगाएत रोकथामका लागि गरिने सम्पूर्ण गतिविधिहरु सरकारले प्राथ’मिकताका साथ कार्यान्वयन गरिरहेको गृहले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!