यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान !

1 min read

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिन देशका विभिन्न स्थानमा समान्य वदली भएर मेघ गर्जन सहित वर्षा हुने जनाएको छ। महाशाखाले आज देशभर आशिंकदेखि समान्य बदली रहने मध्य तथा पूर्वी भागमा मेघ गर्जन÷हावाहुरी÷चट्याङ सहित वर्षा हुने जनाएको छ। उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ।

फागुन २३ गतेको मौसम पूर्वानुमान : दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू–भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ÷हावाहुरी÷असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू(भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू–भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ÷ हावाहुरी÷असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। फागुन २४ गतेको मौसम दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु–भागका एकरदुई स्थानमा मेघ गर्जन÷ चट्याङ÷ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २५ गतेको मौसम : दिउँसोः देशको पुर्वी पहाडी भू–भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेनेछ। पुर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पुर्वी पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

Facebook Comments
error: Content is protected !!