अब देखि बैंकमा सुनका गरगहना जम्मा गर्दा उल्टो ब्याज पाइने !

1 min read

काठमाडौँ। सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर, शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो, विषयमा परिपत्रसमेत, गरिसकेको छ । केन्द्रीय बैंकले बिहीबार, निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु, गरेको हो । योजनामा सामेल हुन अर्थात् सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरूले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्धता कम्तीमा ९ सय ९५ फिटनेस हुनुपर्छ ।

बैंकहरूले सुनको शुद्धता राख्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमै अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्रोत बढाउन सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा स्वीकार गर्ने व्यवस्था गरेका थिए । राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा थप अध्ययन गरेर कार्यान्वयनमा ल्याउने बताएको थियो । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

Facebook Comments
error: Content is protected !!