नयाँ मि’र्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले ‘आधा लिटर पि’साब फेरे’

1 min read

काठमाडौँ,बिबिसी। प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मि’र्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन्। प्रधानमन्त्रीका प्रेस स’ल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे श’ल्य-क्रियाकक्षमा लगिएको थियो। डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मि’र्गौला प्रत्यारोपणको, प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। प्रत्यारोपण प्रक्रियामा झन्डै दुई दर्जन चिकित्सक सहभागी भए।

नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लि’टर पि’साब फे’रेको डा. ज्ञवालीले बीबीसीलाई बताए। ओलीको श’रीरमा चारवटा मि’र्गौला भएका छन्। श’ल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले बीबीसीसँग भनेका थिए, “वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।” ओलीको पहिलो पटक मि’र्गौला प्रत्यारोपण गर्दा श’ल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मि’र्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए। बाह्र वर्षअघि ओलीले भारतमा पहिलो पटक मि’र्गौला प्र’त्यारोपण गराएका थिए।

Facebook Comments
error: Content is protected !!