हिजोमात्रै पदबाट राजीनामा दिएका खतिवडा आज, पुन: अर्थ मन्त्रीमा नियुक्त

1 min read

काठमाडौं २०७६ फागुन २१ गते। हिजोमात्रै पदबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सूचना, प्रविधि तथा सञ्चार मन्त्रीमा नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई मन्त्री पुनः नियुक्त गरेकी हुन्। खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ-ग्रहण गर्ने कार्यकर्म शीतल निवासमा राखिएको स्रोतले जनाएको छ ।

राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेकी थिइन् । नेकपाभित्र देखिएको संकटको गाँठो फुकाउन संविधानमा रहेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि मन्त्री नियुक्त गर्न पाउने सुविधा प्रयोग गरि खतिवडालाई पुन नियुक्त गरिएको हो । अब युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै रहने पक्का–पक्की भएको छ ।

Facebook Comments
error: Content is protected !!