नेपालमा पहिलो पटक अन्लाईनबाटै पैसा पठाउन र पाउन खल्ती र सिटी एक्सप्रेस बीच सम्झौता

1 min read

काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेसमनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका, प्रबन्ध निर्देशक, चन्द्र टण्डन र खल्तीका, निर्देशक, अमित अग्रवालले, मंगलाबर उक्त, सम्झौतापत्रमा, हस्ताक्षर गरेका हुन् । कसरी लिन सकिन्छ सेवा ?? खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स, आइकनमा क्लिक गरी खल्ती, प्रयोगकर्ताले आफ्ना साथीभाई, तथा परिवारलाई, पठाउन चाहेको, रकम सजिलै, पठाउन सक्नेछन् ।

यसरी पैसा पठाई सके पछि पाउनु पर्ने पाउने, व्यक्तिले आफ्नो मोबाईलमा, एसएमएस मार्फत एउटा, पिन प्राप्त, गर्नेछन् । प्राप्त कर्ताले, सिटी एक्सप्रेसका, देशैभरी रहेका, ७ हजार ५०० भन्दा बढि, रेमिट्यान्स, एजेन्टमध्ये तोकिएको, एजेन्टको कार्यालयमा, गई उक्त पिन देखाएर, सहज तथा सरल, रुपमा पैसा निकाल्न, सक्नेछन् । यसका साथै, ख’ल्ती, प्रयोगकर्ताले, अब छिट्टै, नै देशैभरी रहेका सिटी, एक्सप्रेसका, रेमिट्यान्स एजेन्ट, मार्फत खल्तीमा, सजिलै पैसा लोड, गर्न र विभिन्न वस्तु, तथा सेवाहरुको भुक्तानीगर्न सक्नेछन् ।

सिटी एक्सप्रेसले रेमिटान्स, क्षेत्रमाआफ्नो छुट्टै पहिचान-बनाउदै, बिगत १३ वर्ष देखि बिश्व, भरी आफ्नो रेमिट एजेन्टहरु, बाट ७ हजार ५०० भन्दा बढी नेपालको, एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको, छ । सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ, भएको खल्ती नेपाल, राष्ट्र बैंकबाट अनुमतीप्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट, गेटवे हो ।

खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोग कर्ताहरुको संख्या १० लाखभन्दा बढि रहेको छ ।

Facebook Comments Box
error: Content is protected !!