गाडीको बेरिङ्गभित्र लुकाईएको ४ करोड बराबरको ६ किलो सुनसहित् भारतीय नागरिक प’क्राउ

मकवानपुर, २० फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ किलो २ सय ८९ ग्राम ३५० मिलिग्राम सुन सहित भारत कर्नाटकका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ । मंगलबार बिहान हेटौंडा–१५ रातोमाटेमा काठमाडौंबाट बीरगंज तर्फ जाँदै गरेको यात्रुवाहक रात्रि बस चेकजाँचका क्रममा अब्दुललाई सो परिणामको सुनसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताउनुभयो । अब्दुलले उक्त परिणामको सुन गाडीमा प्रयोग हुने फलामको बेरिङ्ग भित्र लुकाएर ल्याएका थिए । प्रहरीलाई बेरिङ्ग भित्रबाट सुन निकाल्न मात्रै करीब ३ घण्टा लागेको थियो ।

मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सुन सहित अब्दुललाई सार्वजनिक गरिएको छ । पक्राऊ गरिएको सो सुनको नेपाली बजार मूल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । प्रहरीले सो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको हुन सक्ने अनुमान गरेको छ । गाडीको बेरिङ्ग भएपछि विमानस्थलमा रहेको स्क्यानमा समेत बेरिङ्ग भित्रको वस्तु नदेखिने हुनाले तस्करहरुले यस्तो जुक्ति अपनाएको अनुमान गरिएको छ ।
प’क्राऊ परेका अब्दुलमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!