ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ – हेर्नुस कुन देशको कति ?

1 min read

काठमाडौं,२०७६ फागुन २० गते। आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरसहित धेरै देशको भाउ उकालो लागेको छ। राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेको थियो । यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । -आजको विनिमयदर तालिका हेर्नुहोस : –

Facebook Comments
error: Content is protected !!