साढे सातको शनिदोष हटाउन संकटा देवीलाई १ शेयर गर्दै भेटी चढाएर,पुजा-आजा गर्नाले ग्रहशान्ति हुने विश्वास”

काठमाडौंको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ ।

संकटा देवीको महिमा
काठमाडौंको टेबहालमा संकटा देवीको मन्दिर अवस्थित रहेको छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामाई अवस्थित रहनु भएको छ । यो एक प्रसिद्ध मन्दिर हो । यस मन्दिरमा विशेष गरी हरेक साताको शनिबार र मंगलबार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ । आम मानिसलाई कुनै संकट आइ पर्यो भने वा मुद्दा मामिला तथा झै–झगडाबाट मुक्ति पाउनका लागि संकटा देवीको मन्दिरमा गएर पूजा तथा आरधना गर्ने प्रचलन छ । देवीको पूजा तथा आरधना गर्नाले मुद्दा मामिलाबाट मुक्ति पाउनुका साथै मनोकामना पुरा हुने जनविश्वास रहि आएको छ ।

मानिसहरू झै– झगडा तथा मुद्दामामिलाबाट मुक्ति पाउनका लागि संकटा देवीको मन्दिरमा जाने गर्दछन् । संकटादेवीको पूजा तथा आरधना गर्नाले मानव जीवनमा आइपर्ने हरेक प्रकारका संकटमा मोक्ष पाइने आस्थाका साथ मानिसहरू देवीको मन्दिरमा पूजागर्न जाने गर्दछन्। एक किम्बदन्ती अनुसार संकटा देवीलाई चीनका देवताका रुपमा चिनिन्छ । आकासमा विचरण गर्दा गर्दै जामानु गुवाजुले तान्त्रिक विधि अनुसार उहाँलाई तन्त्रमा बाधेर नेपालमा राखेको भन्ने गरिन्छ । उहाँ फेरि चीन जान नपाउन भनेर तान्त्रिकका साथै संकटादेवीलाई साङ्लाले बाधिएर राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!