चैत ६ देखि सुरु हुने, एसइई परीक्षामा पाँच लाख १० हजार विद्यार्थी

1 min read

काठमाडौँ। ६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई०मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ । परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् । काठमाडौंमा फारम भर्ने ३६ हजारभन्दा बढी छन् भने मनाङमा ५० विद्यार्थी मात्रै छन् । जिल्लाबाट आएका विवरणमा केहीको सिम्बोल नम्बर छुटेकाले विद्यार्थी संख्या बढ्न सक्ने पनिका कर्मचारीले बताए ।

Facebook Comments
error: Content is protected !!