फिफा विश्वकप छनोटमा नेपालको पहिलो ऐतिहासिक जित

काठमाडौँ, २४ भदौ । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो । ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । नेपालले शुुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए । यस्तै खेलको ६२औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जीतसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि नेपाल कुवेतसँग ७–० गोलले हारेको थियो ।

नेपालको पहिलो ऐतिहासिक जित
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । चीनमा भएको खेलमा चाइनिज ताइपेइलाई उसको घरेलुमैदानमा २-० ले पराजित गर्दै नेपालले जित हात पारेको हो ।
डिफेन्सको राम्रो प्रदर्शनसँगै जित्न सफल नेपालका लागि खेलको तेस्रो मिनेटमै अञ्जन विष्टले गोल गरे । पहिलो हाफमा १-० ले अग्रता कायम राखेको थियो ।नेपालका लागि अञ्जनले नै खेलको ६२ औं मिनेटमा दोस्रो गोल गरे । उनले डिबक्सभित्र अनमार्क रहेको फाइदा उठाउँदै गोल गरे ।यो जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । नेपालकै समान ३-३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन् । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि पुछारमा छ । आज नै समूहको अर्को खेलमा अष्ट्रेलियाले कुवेतको घरेलु मैदानमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *