काठमान्डौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद सतहमा आएको छ । नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरे संगै बिबाद सतहमा आएको हो ।नेकपाको सचिबलेको निर्णय केही बेरमै प्रधानमन्त्री ओलीले निर्णय उल्टाएका हुन्। ओलीले नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर गौतमको नाममा सहमति जनाउन नसकिने बताएका छन्। यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली समेत सहभागी नेकपा सचिवालयको बैठकले बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको बताएका थिए ।
प्रधानमन्त्रीज्यूले उहाँलाई सिफारिस नगर्ने बताउनु भएको छ,’ एक नेताले भने,‘ उहाँले युवराज खतिवडालाई नै निरन्तता दिने बताउनु भएको छ।’ दुई वर्षअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल फागुन २० गते सकिँदैछ। नेकपा सचिवालयले उनको ठाउँमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा दख्खल राख्ने भएकाले पार्टी राजनीतिभन्दा बाहिर रहेका खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए।