छोई नसक्ने गरी बढ्यो सुनको भाउ, प्रतितोला ८० हजार ३ सय पुग्यो !

काठमाडौं,२०७६ फागुन १२ गते. नेपाली बजारमा सुन चाँदीको मूल्यले हरेक दिन कीर्तिमानी अंक कायम गरेको छ। सोमबार सुन तोलाको ८० हजार ३ सयमा कारोबार भइरहेको छ। नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेको हो। आइतबारको तुलनामा साेमबार बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ। यसअघि आइतबार बजारमा सुन तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो।

सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ। चाँदी प्रति तोलामा ५ रुपैयाँ बृद्धि भएर ९२५ कायम भएको छ। ठूला अर्थतन्त्र भएका देशबीच आन्तरिक द्वन्द्वको असर विश्व बजारमा परेकाले सुन चाँदी ओ’कालो लागेको विज्ञहरुको भनाई छ। सुन अझै महँगिने सम्भावना बलियो रहेको अन्तराष्ट्रिय विश्लेषकले अनुमान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!