प्रधानमन्त्री ओलीकाे ६९औं जन्मोत्सवमा देशको नक्साको केक का’टे !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो । ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो । प्रधानमन्त्री ओलीकाे ६९औं जन्मोत्सवमा देशको नक्साको जस्तै आकारको केक बनाइएको थियो। सोहि केक प्रधानमन्त्री केपी शर्मा ओलीले टुक्रा टुक्रा पारेर का’टेका थिए।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो। रोचक त के छ भने प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएकाे दावी गरिएकाे । यतिबेला केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा प्रधानमन्त्री ओलीको चर्को आलोचन समेत भएको छ । अर्को प्रधानमन्त्री ओलीको जन्मोत्सवको केक देशको नक्शाको केकको तस्बीर सार्बजनिक भएपछि सामाजिक संजाल बिभिन्न टिकापणी भैइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!