रबि लामिछानेको हातमा फेला पर्यो गो’प्य अडियो ! यसरी हुदै छ ! अब ठुलाबडाको पत्तासाप”

1 min read

काठमाडौँ। सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय सम्हाल्दै आएका गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिइसकेका छन् । ७० करोड कमिशन राख्दा आफ्नो भागमा कति पर्छ ? भन्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक हुँदा पनि बाँस्कोटाले ‘खाएको विष मात्र लाग्ने’ भन्दै हाक्का–हाक्की सञ्चारमाध्यममा प्रतिक्रिया दिइरहेका थिए ।

भ्रष्टाचार गर्न लाग्दाको कुराकानी देशभर फैलिसक्दा पनि बाँस्कोटामा अझै त्यो आँट बाँकी रहनुको पछाडि प्रधानमन्त्रीको साथ रहेको प्रष्ट दखिएको छ । बाँस्कोटासँग कमिशनको डिल गर्न गएका स्वीस कम्पनीका एजेन्ट विजय मिश्रले पत्रकार कृष्ण ज्ञवालीसँगको कुराकानीमा आफूले एक महिना अघि नै उक्त अडियो प्रधानमन्त्रीलाई सुनाएको बताएका छन् ।

मिश्रले एक महिना अघिनै उक्त अडियो प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई सुनाइसकेको बताएका छन् । एक महिना अघि मोलमोलाई गरेको अडियो सुनेका प्रधानमन्त्री ओलीले बाँसकोटलाई कारबाही गर्न भन्दा पनि उनलाई काखी च्याप्न तर्फ लागे । फागुन ५ गते काभ्रेको धुलिखेल नगरपालिकाको ३४ औँ स्थापन दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँस्कोटाको मुक्तकण्ठले तारिफ गरे ।

यदि स्वीस कम्पनीका एजेन्ट मिश्रले साँच्चै प्रधानमन्त्रीलाई उक्त अडियो सुनाएका थिए, भने प्रधानमन्त्री ओलीले किन एक्शन लिएनन् ? उल्टो प्रधानमन्त्री ओलीले सरकारका अन्य मन्त्री भन्दा गोकुल बाँसकोटालाई बढी जिम्मेवारी दिएका थिए । सूचना तथा सञ्चार प्रविधि र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिद बाहेक अन्य ६ ओटा प्रोजेक्टहरु थिए । जसलाई उनले आफ्नो तरिकाले सम्हाल्दै आएका थिए ।

यी बाहेक १९ अर्बको फोर–जी सेवा विस्तार कार्यक्रम, २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया, १० अर्बको अप्टिकल फाइबर बिच्छ्याउने योजना, ५ अर्बको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, साढे ३ अर्बको विद्यालयमा कम्प्युटर ल्याब स्थापना कार्यक्रम, र ७ अर्बको हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट पु¥याउने कार्यक्रमको जिम्मेवारी लिएका थिए । यी सबै कार्यक्रमको लागत १ खर्ब बराबर छन् । लगभग २५ अर्बकोे एउटा प्रोजेक्टमा ७० करोडको मोलमोलाई गर्ने बास्कोटाले अन्य प्रोजेक्टरमा पनि कमिसन मागेनन् भन्न सकिदैन् ।- हेर्नुहोस भिडियो ‘

यो पनि पढ्नुहोस् – कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लि’प्त भए – अध्यक्ष प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्र’ष्टाचारमा लिप्त भएको ब’ताएका छन् । दाहालले क्रा’न्तिमा ठूल्ठूला त्या’ग गर्ने र मृ’त्युलाई सा’मना गरेर ज’स्तोसुकै त’पस्या क’म्युनिष्टहरु शासन, सत्ता हातमा आएपछि, आदर्शबाट विचलित भई बि’ग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन थालेको बताउनुभएको छ । नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा, नारायणविलास जोशीका स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान, भवनको ,आज शिलान्यास गर्दै उहाँले भन्नुभयो,

“कम्युनिष्ट पार्टी सत्ता बाहिर आ’न्दोलन र क्रा’न्तिमा हुँदा, निकै ठूलो त्या’ग र त’पस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन्, तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका सङ्केत र लक्षण देखापर्न थालेका छन् ।” विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफँैलाई सि’ध्याएको उ’दाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसङ्गति र भ्र’ष्टाचारको अ’न्त्य गर्दै,

गल्तीकमजोरीलाई स’च्याउने, त्यस्तो गर्नेलाई का’रवाही गर्ने, पार्टीको शु’द्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको स’म्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हँुदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । जनतालाई, सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गवि’रुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उहाँको भनाइ थियो । -रासस

Facebook Comments
error: Content is protected !!