काठमाण्डाै उपत्यका बसाेबासका लागि अ’योग्य, मुटु रोग, दम तथा फो’क्सोको क्या’न्सर हुने ख’तरा !

1 min read

काठमाण्डौ। वायु प्रदूषणका का’रण काठमाण्डौ उपत्यका बसाेबास लागि अ’योग्य अ’वस्थामा पुगेको छ ।विश्व स्वा’स्थ्य सङ्गठनका अनुसार हावाको गु’णस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ । उपत्यका भरिकै हा’वाको गुणस्तर सुचङ्का अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वा’तावारण विभागका प्रवक्ता ई’न्दुविक्रम जोशीले जानकारी दिनुभयो ।

गाडीको धु’वाँसँगै आगो बाल्दा निस्कने धुवाँकाे का’रण उपत्यकाकाे प्रदूषण बढेकाे प्रवक्ता जोशीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय ४० सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो ।बढिरहेको प्रदूषणकै का’रण तुवाँलो लागेको श्रेष्ठले बताउनुभयो । जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ ।

प्र’दूषित हावाका का’रण मानिसमा मुटु रोग, दम तथा खोकी तथा फोक्सोको क्यान्सर समेत हुने खतरा रहने वीर अ’स्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठले बताउनुभयो । केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ । बाहिर निस्कदा मास्क प्रयोग गर्न डाक्टरको सुझाव छ । मास्क प्रयोग गर्दा हावाको प्र’दूषणबाट हुने जोखिम केही घटेपनि रोक्नै भने नसकिने भएकोले प्रदुषित हावा भएको ठाउँमा सकेसम्म कम हिँडडुल गर्नु सबैभन्दा राम्रो उपाय भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

Facebook Comments
error: Content is protected !!