कोराला नाका खुलाउन चीनको तयारी

1 min read

मुस्ताङ : चीन सरकारले कोरला नाका खुलाउन भन्सार कार्यालयसहित आश्वयक संरचना निर्माणलाई तिव्रता दिएको छ। नेपाल र चीन सीमाको २४ नम्बर पिल्लर पारी चीन सरकारले एकीकृत भन्सार कार्यालय, चेकपोष्टका साथै सुरक्षा बलका लागि भवन निर्माण गरिरहेको छ। चीन सरकारले कोरला नाकामा भौतिक संरचनालाई चाँडै अन्तिम रुप दिने गरि काम गरिरहेको छ। २०७४ असारदेखि नाकामा भन्सार कार्यालयका साथै त्यहाँसम्म जोड्ने सडक, बिजुली, पानीलगायत आवश्यक पूर्वाधार निर्माणलाई चीन सरकारले तिब्रता दिएको हो।

कोरला नाका चीन, नेपाल र भारत जोड्ने महत्वपूर्ण नाका भएकाले नेपाल सरकारले पनि भन्सार कार्यालयलगायत आवश्यक पूर्वाधार बनाउन आवश्यक रहेको गण्डकी प्रदेश सांसद इन्द्रधारा बिष्टले बताए। नेपाल-चीन सहमतिअनुसार कोरला सीमा वर्षको दुईपटक खुल्ने गरेको छ। यही मौकामा उपल्लो मुस्ताङका स्थानीयले खाद्यान्न, कपडालगायत आवश्यक सामाग्रीको जोहो गर्ने गरेका छन्। असार र भदौमा यस्तो मेला लाग्ने सांसद बिष्टले जानकारी दिए।
कोरला नाका सधैका लागि खुला गर्न चीनले जस्तै नेपालले पनि भन्सार कार्यालयलगायतका आवश्यक पूर्वाधार छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने सांसद बिष्टको भनाइ छ। कोरला नाका जोड्ने सडक निर्माण भने तिब्र गतिमा अघि बढेको उनले बताए। सो नाका पोखरादेखि २ सय ७३ किलोमिटर टाढा पर्छ। सुनौलीदेखि पोखरा हुँदै लोमान्थाङ, कोरला नाका जोड्ने सबभन्दा छोटो र कम खर्चिलो बाटो भएको सांसद बिष्टले बताए।नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरलासम्म प्रस्तावित ४ सय ३५ किमि लामो कालीगण्डकी कोरिडोर निर्माणमा सरकार लाग्नु पर्ने उनले बताए। २०५४ सालमा तत्कालीन लोमान्थाङ, छोसेर, छोनुप गाविसले कोराला नाकासम्म पुग्ने सडकको ट्रयाक खोल्न सुरु गरेको थियो। जोमसोमदेखि कोरलासम्म १२ खण्डमा सडक स्तरोन्नतीको काम पनि अहिले भइरहेको छ। सडक खण्डमा पर्ने पुल पनि निर्माण भइरहेका छन्।

भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला यो नाका खोल्ने विषयले निकै चर्चा पाएको थियो। तत्कालीन प्रधानमन्त्रीदेखि सबै दलका शीर्ष नेताले कोरला नाका खोल्ने विषयलाई प्राथमिकतामा राखेका थिए। चीन सरकारले नाका खोल्न भौतिक संरचना निर्माणमा जोड दिए पनि नेपालतर्फ भने नाका खोल्न आवश्यक पूर्वाधार निर्माणको काम अझै सुरु भएको छैन्। नेपालको भन्सार र क्वारेन्टाइन कार्यालयको कच्ची संरचना १२ किलोमिटर वर छोसेरमा छ। नाका हेर्ने इलाका प्रहरी कार्यालय कच्ची भवनमा छ। चीनले नाकामै सीसीटीभी जडान गरेर निगरानी पनि बढाएको छ तर नेपालतर्फ त्यस्ता कुनै संरचना छैन।

मुस्ताङको लोमान्थाङ पुग्ने नेपाली युवा ठुलो संख्यामा कोरला नाकासम्म जाने गरेका छन्। चीन सरकारले कोरला नाका खोल्न तयार गरेको तर नेपाल सरकारले सुरसार नगरेको देखेपछि त्यहाँ पुग्ने नेपाली निराश बन्ने गरेका छन्। नेपालले पनि चीनले जस्तै नाका खोल्न आवश्यक पूर्वाधार निर्माणमा लाग्नु पर्ने कोरला नाका पुगेका पोखरा महानगर-२० का वडाध्यक्ष सिम गुरुङले बताए। गण्डकी प्रदेश र नेपालको समृद्धिका लागि नाका महत्वपूर्ण भएको उनको भनाइ छ। ‘कोरला नाका खुले गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्छ’, उनले भने।

भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला यो नाका खोल्ने विषयले निकै चर्चा पाएको थियो। तत्कालीन प्रधानमन्त्रीदेखि सबै दलका शीर्ष नेताले कोरला नाका खोल्ने विषयलाई प्राथमिकतामा राखेका थिए। चीन सरकारले नाका खोल्न भौतिक संरचना निर्माणमा जोड दिए पनि नेपालतर्फ भने नाका खोल्न आवश्यक पूर्वाधार निर्माणको काम अझै सुरु भएको छैन्। नेपालको भन्सार र क्वारेन्टाइन कार्यालयको कच्ची संरचना १२ किलोमिटर वर छोसेरमा छ। नाका हेर्ने इलाका प्रहरी कार्यालय कच्ची भवनमा छ। चीनले नाकामै सीसीटीभी जडान गरेर निगरानी पनि बढाएको छ तर नेपालतर्फ त्यस्ता कुनै संरचना छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!