काठमाडौँ। चीनको वुहान प्रा’न्तबाट फैलिएको को’रोना भा’इरसको प्रभाव सुन बजारमा पनि परेको छ । को’रोना भा’इरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सु’स्तता आएसँगै वि’श्वका लगानीकर्ता सुन बजारमा आ’कर्षित भएकाले सुनको मू’ल्यले नयाँ रे’कर्ड का’यम गरेको छ । अ’न्तर्राष्ट्रिय बजारमा म’ङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर का’यम भएको छ । यो ५.१४ डलरले उ’कालो लागेको हो ।
केही दिनअघि पनि यो मूल्यले उछाल मारेर १६१० डलर पुगेको थियो तर यो निकै छोटो अवधि मात्र कायम रहेकाले त्यसको प्रभाव नेपाली बजारमा भने नपरेको सुनचाँदी व्यवसायी म’हासङ्घका अध्यक्ष ते’जरत्न शा’क्यले बताए । तर फेरि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै नै एक हजार छ सय डलरभन्दा माथि पुग्ने अनुमान गर्न थालिएको छ । अन्तर्राष्ट्रिय बजारमा मू’ल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्र’भाव परेको छ । नेपाली बजारमा पनि सुनले नयाँ रेकर्ड बनाएको छ ।
मङ्गलबार नेपाली बजारमा छा’पावाल सुनको मूल्य प्र’तितोला ७६ हजार सात सय रुपियाँमा का’रोबार भयो । यसअघि गत माघ १८ गते ७६ हजार पाँच सय रु’पियाँको रे’कर्ड बनाएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार चार सय रुपियाँमा किनबेच भएको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी ८९० रुपियाँ प्रति’तोलामा कारोबार भएको छ । सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको व्य’वसायीले बताएका छन् ।
लगातारको मू’ल्यवृद्धि र सरकारले लिएको नीतिका का’रण, पछिल्लो छ महिनामा सुन आयात गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढी घ’टेको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो छ महिनामा आठ अर्ब ६० लाख रुपियाँको सुन आयात भएको छ । – आजको गोरखापत्र दैनिकमा समाचार छ ।