रक्षा मन्त्री पोखरेल सहितको टोली कालापानी क्षेत्रको निरीक्षणमा

1 min read

रासस ,उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रको निरीक्षणमा गएको छ ।रक्षामन्त्री पोखरेल, दार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्यहरू गेल्बुसिंह बोहरा र मानबहादुर धामी लगायत १० सदस्यिय टोली आज बिहान त्रिदेशीय सीमा क्षेत्रको निरीक्षण भ्रमणमा जानु भएको हो । निरीक्षणको क्रममा नेपालतर्फको सुरक्षा अवस्था, सडक र सीमा क्षेत्रको समेत अवलोकन गर्ने रक्षामन्त्री पोखरेलले बताउनुभयो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पीयाधुरा क्षेत्रको अतिक्रमण गरेपछि अतिक्रमित भूमि फिर्ता हुनुपर्ने माग आम नेपालीले गरिरहेका छन् । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्रीले नै सीमाको अवलोकन गरेपछि आफ्नो भूमि फिर्ता हुने आसा दार्चुलाबासीमा पलाएको प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभयो ।आइतबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आयोजित महोत्सबलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपाल सरकारले आफ्नो एक इन्च भूमिपनि नछोड्ने र अतिक्रमित भूमि फिर्ता गरेरै छोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

एक दशकदेखि कछुवा गतिमा रहेको दार्चुला सदरमुकामदेखि तिकंर जोड्ने सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने प्रतिबद्धता समेत रक्षा मन्त्री पोखरेलले गर्नुभएको छ ।सीमामा राज्यको बलियो सुरक्षा उपस्थिति हुनुपर्ने, दार्चुला–तिकंर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाउनुपर्ने र अतिक्रमित भूमि नेपालले फिर्ता पाउनुपर्ने विषयमा आफू पटकपटक नेपाल सरकारसँग माग गरिरहेको दार्चुलाबाट निर्वाचित संघीय सांसद गणेश ठगुन्नाले बताउनुभयो ।

Facebook Comments
error: Content is protected !!