कुलमानको कमाल : वार्षिक नौँ अर्बको घा’टामा चलेको प्राधिकरण वार्षिक ९ अर्ब नाफामा

1 min read

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक नौँ अर्ब नाघेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । आइतबार काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत जानकारी दिए । सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घा’टामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको उनले बताए ।

घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो । २०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुपमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ आएको ११ महिनामा नै घाटा घटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।

Facebook Comments
error: Content is protected !!