‘एनसेल प्रकरणमा सर्वोच्चको आदेश बेठिक, अर्बौको घोटाला भयो’

1 min read

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले एनसेलको पुँजीगत लाभकर प्रकरणमा सर्वाेच्च अदालतको आदेश सही नभएको बताएका छन्।नेकपाका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भदौ ९ को सर्वाेच्चको आदेशले राज्यको अर्बाैको कोषको घोटाला गराएको टिप्पणी गरेका छन्। यो आदेशले २०७५ माघ २३ गते गरेको सर्वाेच्च अदालतको पूर्णं इजलासले गरेको आदेशको पनि उल्लंघन गरेको उनको भनाई छ।यो आदेशविरुद्ध तुरुन्तै सरकारका तर्फबाट पुनर्अपिल गर्न पनि उनले माग गरे। पूर्ण बृहत इजलासमा पुनरावलोकन गर्न उनले सरकारको ध्यानाकर्षण गराएकाे समाचार साेमबारकाे नागरिक दैनिकले लेखेकाे छ ।

Facebook Comments
error: Content is protected !!