कुवेतमा ढिस्कोले पु’रिएर श्यामको ज्या’न गुमेपछि शो’कमा डुब्यो गाउँ

1 min read

दाङ। कुवेतमा बालुवाको ढिस्कोले पु’रिएर दाङ गढवा गाउँपालिका वडा नं. ६ हाँसिपुर निवासी श्यामनारायण चौधरी रहेको पुष्टि भएको छ। आठ महिना अघी उनी बैदेशी रोजगारीको लागी कुवेत गएका थिए। छोराको मृ’त्युको खबर पाएका कुजु चौधरी वि’क्षिप्त बनेका छन्। गाउँ शो’कमा डु’बेको छ। सामान्य किसान परिवारका हुन श्यामनारायण चौधरी । तीन छोरा मध्य श्यामनारायण कान्छो छोरा हुन। जेठो छोरा अ’पांगता थिए। उनको केही समय अघी मृ’त्यु भयो। माइलो छोरा बहराइन जाने तयारीमा थिए। भाइको मृ’त्यु भएको खबरले सोमबार हुने फ्ला’इट क्या’न्सील गरेका छन् ।

‘यो सामान्य परिवार हो। ऋण धन गरेर विदेश कमाउन गएका छोराको उतै नि’धन भएपछी यो परिवारमा पी’डा माथि पी’डा थपिन पुग्यो’। स्थानीय रविलाल आचार्यले भने–‘जेठो छोरा गुमाएका कुजुले कान्छो छोरा पनि गु’माउन पर्‍यो।’कुवेतमा बालुवाको ढिस्कोले पुरेर ६ नेपालीको मृ’त्यु भएको छ। ६ जना मध्य दाङका श्यामनाराण चौधरी समेत छन्। मृ’त्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ छन्।कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मु’ट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए।

Facebook Comments
error: Content is protected !!