काचो काचो ‘केरा’ रोमान्टिक गीतको भिडियो”

रोमान्टिक गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । गीतको भिडियोमा यान्सु श्रेष्ठ, समुन्द्र वाग्ले र उज्ज्वल गिरी फिचर्ड
गायक तथा हास्य कलाकार उज्ज्वल गिरिको स्वरमा सजिएको गीत ‘केरा काँचो काँचो’को भिडियो सार्वजनिक भएको छ ।
उज्ज्वल गिरी कै शब्द, नन्दु परियारको संगीत तथा पवन परियारको संगीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । गीतको भिडियोमा यान्सु श्रेष्ठ, समुन्द्र वाग्ले र उज्ज्वल गिरी फिचर्ड छन । भिडियोलाई निर्देशक क्रान्ति केशीले निर्देशन गरेका हुन । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई निर्देशक क्रान्ति केशीले नै सम्पादन गरेका छन । गीत आँफैमा सुमधुर र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!