फेसबुकले जुराएको भद्रगोलका जयन्तेको सुन्दर परिवार

1 min read

फेसबुकले जुराएको हास्यकलाकार जयन्तेको सुन्दर परिवार…नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् । भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शक हरूले निकै मन पराएका हुन्छन् ।

उनले बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका, हा हाहा भन्ने शैली धेरैको मुखमा नै झुण्डिएको पाइन्छ । भद्रगोल सुरु भएपछि २ भागमा उनले अभिनय गर्ने मौका पाएका थिए । ४ भाग पछि उनले पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका हुन् । कृषि पत्रकार को भूमिकामा भद्रगोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिले सम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् ।

अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजो को रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ । तर गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रगोलमा देखिए भन्दा ठिक उल्टो छ । भद्रगोल सिरियल हेर्ने दर्शक हरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् ।रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुक मा लभ परेर भएको बताउँछन् । श्रीमती मनिता घिमिरे सँग प्रेम विवाह गरेका उनको अहिले दुई सन्तान पनि छन् ।

Facebook Comments
error: Content is protected !!