सिन्धुपाल्चोकमा बिरामीको संख्या २५० भन्दा बढी पुग्यो , यस्तो छ बिरामीको अबस्था

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका २ सय ५० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । अहिले गाउँपालिकामा स्वास्थ्य क्याम्प खडा गरी उपचार सुरु भएको छ ।दुई सय ५० जनाभन्दा धेरै व्यक्तिमा कोरोना भाइरससँग मिल्ने जस्तै लक्षण देखा परेपछि जुगल गाउँपालिकाले गुम्दा सामुदायिक स्वास्थ्य इकाइमा क्याम्प नै खडा गरी स्वास्थ्य उपचार सुरु गरिएको हो ।

अहिले पनि रुघाखोकी र ज्वरो आएकालाई औषधि र माक्स बाँड्ने क्रम चलिरहेको छ । कोरोना भाइरसको शङ्का भएकाले विज्ञ टोली पठाउन केन्द्रलाई पत्र पठाइएको तर जवाफ नआएको गाउँपालिकाले जानकारी दिएको छ ।अहिले नै कोरोना सङ्क्रमण नै हो भन्ने पुष्टि नभएको भन्दै नआत्तिन पनि अपिल गरिएको छ । चीनसाग सीमा जोडिएका कारण त्यस क्षेत्रका जनतामा डर फैलिएको हो । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् ।

त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए । गएको माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको थियो । संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए ।यता स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भाइरसको आशंका गरेर गलत हल्ला फैलाइएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!