जापानमा थप ६५ जनालाई को’रोना भाइरसका सङ्क्रमित भेटिए !

एजेन्सी । जापानमा थप ६५ जनालाई कोरोना भा’इरसको स’ङ्क्रमण भेटिएको पुष्टि भएको छ । पानी जहाजमा आएकाहरुलाई प’रीक्षण गर्दा थप ६५ जनामा कोरोना भा’इरसको स’ङ्क्रमण भेटिएको स्वा’स्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ ।पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वा’स्थ्य ‘परिक्षण गरिएकोमा ५६ जनाका सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन । उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ । पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भा’इरसको स’ङ्क्रमण भएको र उनीहरुम’ध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन् । कर्मचारीहरूका अनुसार जा’पान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!